Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कर्मचारीको २० प्रतिशत तलब कटाैती, खाइपाई आएको रकममा नघट्ने अविलम्ब पुनः थप नभए सबै कार्य ठप्प गर्ने घोषणा

कर्मचारीको २० प्रतिशत तलब कटाैती, खाइपाई आएको रकममा नघट्ने अविलम्ब पुनः थप नभए सबै कार्य ठप्प गर्ने घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७७ शनिवार • १९:५६:२४ बजे
  • 1.6K
    SHARES
  • कर्मचारीको २० प्रतिशत तलब कटाैती, खाइपाई आएको रकममा नघट्ने अविलम्ब पुनः थप नभए सबै कार्य ठप्प गर्ने घोषणा

    नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका अन्तर्गत सम्पूर्ण विद्यालय कर्मचारीहरुको खाइपाई आधार तलबको २० प्रतिशत कटाैती गरिएको छ । खाइपाई आएको रकममा नघट्ने अविलम्ब पुनः थप गर्न विद्यालयका कर्मचारीहरुले माग गरेका छन । यदी खाइपाई आएको रकममा नघट्ने अविलम्ब पुनः थप नभए सबै कार्य ठप्प गर्ने घोषणा समेता गरेका छन् ।

    images

    उक्त मागहरुलाई बेवास्ता गरेमा चरणबद्ध आन्दोलनका कार्याक्रमहरु अघि बढाउने र सम्पूर्ण लेखा तथा प्रशासनिक कार्य ठप्प गर्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ । गाउँपालिका अन्तर्गत सम्पुर्ण विद्यालय कार्मचारीहरुले आ.व. २०७६/२०७७ को श्रावण महिना देखि खाइपाई आएको आधार तलब २० प्रतिशतले हुन आउने थप रकम यसै आ.व.२०७७/२०७८ को मङ्सिर देखि कट्टा गरिने २०७७/११/०९ गते बसेको तारकेश्वर गाउँपालिका स्तरीय प्रधानध्यापकको बैठकबाट जानकारी दिएका थिए ।

    यस निर्णयले सम्पूर्ण कर्मचारीहरुको मुखको गाँस खोसेको र कुनै पनि कार्यलय तथा विद्यालयका काम चुस्त, दुरुस्त तथा तन्दुरुस्त राख्न त्यहाँका कर्मचारीहरुको मनोबल उच्च हुनु पर्ने तर गाउँपालिकाको उक्त निर्णयले सम्पूर्ण कर्मचारीहरुको मनोबल बढाउने नभई निराशा र अतोत्साही भएकाले गाउँपालिकाले गरेको निर्णय प्रती बिरोध तथा आपत्ति जनाएको छ ।

    साथै विद्यालयका सबै कर्मचारीहरुले विद्यालयको लेखा अद्यावधिक गर्ने तथा दैनिक प्रशासनिक कार्य गर्ने मात्रै नभई विद्यालयमा आफ्नो विषय, क्षमता र अनुभवका आधारमा कक्षाहरु पनि अध्यापन गरि अन्य शिक्षक साथिहरु सरह विद्यालयमा बिताइ रहेको जानकारी समेत गराएका छन ।

  • सम्बन्धित विषय:

  • # तारकेश्वर गाउँपालिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology