Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा सम्पन्न टाइगर कप भलिबल प्रतियोगिताबाट १९ लाख बचत

पोखरामा सम्पन्न टाइगर कप भलिबल प्रतियोगिताबाट १९ लाख बचत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७७ शनिवार • २०:२२:४९ बजे
  • 1.7K
    SHARES
  • पोखरामा सम्पन्न टाइगर कप भलिबल प्रतियोगिताबाट १९ लाख बचत

    पाेखरा, पोखरामा टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ । टाइगर ग्रुपको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा सवै खर्च कटाएर १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको हो । पोखरा रंगशालामा टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ २७ देखि फागुन १ गतेसम्म भएको थियो ।

    images

    टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले प्रतियोगितामा ५४ लाख, ४१ हजार ८ सय ३५ रुपैयाँ आम्दानी भएको जानकारी दिएका छन । उनका अनुसार त्यसमध्ये ३५ लाख ११ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको र १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको छ ।

    प्रतियोगितामा गण्डकी प्रदेश सरकारले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्ले १ लाख, पोखरा महानगरपालिकाले १ लाख, अन्नपुर्ण गाउँपालिकाले १ लाख सहयोग गरेको थियो । प्रतियोगितामा टिकट बिक्रीबाट १० लाख ५५ हजार रुपैयाँ आम्दानी भएको छ । क्लबले टिकट बिक्रीका लागि दोश्रो पक्षलाई जिम्मा दिएको थियो ।

    भलिबल प्रतियोगितामा टिकट बिक्रीबाट यति धेरै रकम संकलन भएको पहिलो हो । प्रतियोगिताको फाइनलमा मात्रै ७ लाख ८० हजारको टिकट विक्री भएको अध्यक्ष शर्माले बताए । प्रतियोगिताबाट बचत रकम सामाजिक र भलिबल क्षेत्रमा खर्च गरिने उनले बताए । ग्रुपले प्रतियोगिताबाट बचत भएको रकम मध्ये बागलुङ बडिगाड गाउँपालिकाका एक अशक्त परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology