Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७७ शुक्रवार • ०८:४५:३५ बजे
  • 2.8K
    SHARES
  • प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

    मनसुनी वायुको प्रभाव हाल नेपालमा कायमै छ । नेपालको तराई भूभागदेखि केही दक्षिण तिर मनसूनी न्युन चापीय रेखा रहेको छ।

    images

    आज पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञाान विभागले जनाएको छ।

    9999999999.pngत्यस्तै साउन ५ देखि ८ गतेसम्म कन्काई, सप्तकोशी र सहायक नदी तमोर, अरूण, सुनकोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली र यसका सहायक नदीहरुमा बहाव बढ्नेछ भने केही नदीहरुको जल सतह सतर्कता बिन्दुसम्म पुग्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

    आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology