Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिजनको हिसाबले प्रि–मनसुन आजदेखि सुरु

सिजनको हिसाबले प्रि–मनसुन आजदेखि सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७७ सोमवार • ०९:४८:५६ बजे
  • 1.1K
    SHARES
  • सिजनको हिसाबले प्रि–मनसुन आजदेखि सुरु

    आजदेखि सिजनको हिसाबले प्रि–मनसुन सुरु भएको छ । जाडोयामको सिजन सकिएलगत्तै प्रि–मनसुन सुरु भएको हो । मौसमविद्ले मार्च १ तारिखदेखि तीन महिना प्रि–मनसुनको सिजन हुने बताए ।

    images

    मार्च, अप्रिल र मे महिना प्रि–मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ । प्रि–मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि–मनसुन सुरु भएको एक÷दुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बतए । उहाँकाअनुसार विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन् । यस्तै, यो सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ ।

    प्रि–मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ । सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रि–मनसुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology