Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

६ सहरमा हुँदैछ २०२१ को आइपिएल

६ सहरमा हुँदैछ २०२१ को आइपिएल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७७ सोमवार • १५:४३:४७ बजे
  • 1.5K
    SHARES
  • ६ सहरमा हुँदैछ २०२१ को आइपिएल

    भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले यो पर्षको इन्डियन प्रिमियर लिग(आइपिएल) प्रतियोगिता आयोजना ६ वटा सहरमा गर्ने भएको छ । यसपटक मुम्बइ, बैंगलोर, चेन्नइ, कोलकाता, अहमदावाद र दिल्लीमा खेलको आयोजना गर्ने भएको हो ।

    images

    यद्यपि मुम्बइमा बिना दर्शक खेल हुने भएको छ । राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र पञ्जाब किङ्सले आफ्नो घरेलु मैदानमा खेल्न नपाउने भएको छ । यस्तै, घोषणा भएको ६ सहरमध्ये अमहदावाद एकमात्र फ्रेञ्चाइज टोली नभएको सहर हो । बाँकी पाँच सहर फ्रेञ्चाइ भएको र उनीहरुले आफ्नो घरेलु मैदानमा खेल खेल्न सक्नेछ ।

    महाराष्ट्र सरकारले कोरोना भाइरसको संक्रमण दर बढ्दो क्रममा रहेपनि वानखेडे स्टेडियममा खेल खेलाउने अनुमति दिएको छ । पुणेमा भारत र इंग्ल्यान्डबीचको एकदिवसीय सिरिज दर्शक बिना आयोजना हुनेछ । यसैप्रकार महाराष्ट्र सरकारले वानखेडे स्टेडियममा दर्शकलाई खेलमा आउने अनुमति दिएको छैन ।

    आइपिएल २०२१ को खेल तालिका सार्वजनिक भएको छैन तरपनि अप्रिलको दोस्रो हप्तादेखि सुरु हुने अनुमान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology