Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घुस लिएको आठ लाख फालेर गाउँपालिका अध्यक्ष फरार

घुस लिएको आठ लाख फालेर गाउँपालिका अध्यक्ष फरार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७७ मंगलवार • १३:१२:०६ बजे
  • 3.1K
    SHARES
  • घुस लिएको आठ लाख फालेर गाउँपालिका अध्यक्ष फरार

    धनुषाको बटेश्वर गाउँपाकिालका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री घुस लिएको आठ लाख रुपैयाँ फालेर फरार भएका छन् । भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो ।

    images

    अख्तियार टोली देखेपछि अध्यक्ष राउत प्र.२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा चढेर भागेका थिए । अध्यक्ष राउत भागे पनि उनको चालक वीरबहादुर मगरलाई भने नियन्त्रणमा लिएको छ ।

    चालक मगरको सूचनाको आधारमा धनुषाकै छिरेश्वर नगरपालिका ४ स्थित बाटो छेउमा रकम फालेको अवस्थामा बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । त्यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # घुस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology