Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड र अग्नि सापकोटाले लगाए कोरोना विरुद्दको खोप

प्रचण्ड र अग्नि सापकोटाले लगाए कोरोना विरुद्दको खोप

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १९, २०७७ बुधवार • १०:५७:३६ बजे
  • 1.6K
    SHARES
  • प्रचण्ड र अग्नि सापकोटाले लगाए कोरोना विरुद्दको खोप

    नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस विरुद्दको खोप लगाएका छन्। उनले आज नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर कोरोनाविरुद्दको खोप लगाएका हुन्।

    images

    त्यस्तै प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले पनि खोप लगाएका छन् । खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी र लालबाबु पण्डित पनि पुगेका छन् ।

    आज संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइनेछ । फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन बोलाइएकोले आज सांसदलाई कोरोनाविरुद्धको खोप लगाइने भएको बताइएको छ ।

    सूचनामा जनाए अनुसार बिहीवार पनि संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिव लगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल लगायतलाई कोरोना खोप लगाइनेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology