Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नासाले सूर्यको सबैभन्दा नजिक गएर तस्विर निकाल्न सफल (तस्वीर र भिडियो ) सहित

नासाले सूर्यको सबैभन्दा नजिक गएर तस्विर निकाल्न सफल (तस्वीर र भिडियो ) सहित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७७ शुक्रवार • १५:५५:०० बजे
  • 2.2K
    SHARES
  • नासाले सूर्यको सबैभन्दा नजिक गएर तस्विर निकाल्न सफल (तस्वीर र भिडियो ) सहित

    एजेन्सी । अमेरिकी अंतरिक्ष एजेन्सी नासाले सूर्यको सबैभन्दा नजिक गएर तस्विर निकाल्न सफल भएको दावी गरेको छ । नासाले पृथ्वी र सूर्यको बीच भागमा आफ्नो सोलार आर्बीटर पुग्न सफल भएको भन्दै सूर्यको तस्विरहरु सार्वजनिक गरेको छ ।

    images

    नासाले युरोपियन स्पेस एजेन्सीसँगको सहकार्यमा सोलार आर्बीटरलाई सूर्यको नजिक पठाएको थियो । उक्त आर्बीटरले पृथ्वी र सूर्यको बीच भागमा पुगेर विभिन्न कोणबाट तस्विरहरु पठाएको नासाले दावी गरेको छ ।

    नासाले सार्वजनिक गरेको सूर्यको तस्विरमा जहाँकहीँ आगो बलिरहेको देखिएको छ । तस्विरहरुमा साना-साना आगोका गोलाहरु अनगिन्ती देखिएका छन् । उक्त तस्विरहरु सूर्यभन्दा ७ दशमलव ७० करोड किलोमिटर टाढाबाट लिइएको नासाले उल्लेख गरेको छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology