मयुरपाटी न्युज,पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप कोभिशिल्ड लगाउने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको कोभिड १९ खोप अभियान सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए ।
सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।