Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शुपतिनाथको मन्दिर खुला गर्ने तयारी

शुपतिनाथको मन्दिर खुला गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७७ शनिवार • ०८:५०:३२ बजे
  • 1.1K
    SHARES
  • शुपतिनाथको मन्दिर खुला गर्ने तयारी

    दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए ।

    images


    “मन्दिर खुला गरिए पनि कोरोना भाइरस (कोभिड–१९)बाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै मन्दिर खुला हुन्छ”, उनी भन्छन् । महादेवको अतिप्रिय महिना र प्रिय सोमबार मानिने यो महिना दर्शनार्थी एक पटक मात्र भए पनि दर्शन गर्न पाऊँ भनेर मन्दिर आसपास आइरहेका छन् ।


    पशुपतिनाथका नित्य दर्शनार्थी सिनामङ्गल निवासी मनोज भण्डारीका अनुसार निकै दर्शनार्थी मन्दिर परिसरमा पस्न चाहिरहेका छन् । कतिपयले अमालकोट कचहरीस्थित जलद्रोणी दक्षिण फर्किएको खञ्जनेश्वर, सिफलको भण्डारेश्वरलगायत आफ्नै बसोबासस्थल आसपासका शिवालयमा शिवको अर्चना गरिरहेका छन् ।


    एकाध स्थानीयवासी बोलबम आफूखुसी खञ्जनेश्वर र जयबागेश्वरीस्थित महामृत्युञ्जयमा दर्शनका लागि आए, बिहीबार एकादशीसमेत परेकाले यहाँ बोलबमको सामान्य जमघट भयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology