Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

उदयपुरमा बलात्कार, सम्बन्ध विच्छेद् घटना सबैभन्दा बढी

उदयपुरमा बलात्कार, सम्बन्ध विच्छेद् घटना सबैभन्दा बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७७ शनिवार • ०८:५५:२० बजे
  • 2.1K
    SHARES
  • उदयपुरमा बलात्कार, सम्बन्ध विच्छेद्  घटना सबैभन्दा बढी

    आर्थिक वर्ष ०७६/७७ मा जिल्ला अदालत उदयपुरमा बलात्कार, सम्बन्ध विच्छेद् र लागुऔषधका घटना सबैभन्दा बढी देखिएका छन् । न्यायपालिकाको चौथो पंञ्चवर्षीय रणनीतिक योजना कार्यक्रमअन्र्तगत अदालतले आफूले सम्पादन गरेको कामकारवाही सार्वजानिक गर्ने क्रममा पछिल्लो वर्ष यस्ता प्रकृतिका मुद्दाको चाँप बढेको पाइएको हो ।

    images

    श्रेष्तेदार धनबहादुर कार्कीले सम्बन्धविच्छेद २ सय १८, लागुऔषध ८३ र जबरजस्तीकरणी ६२ थान रहेका छन् । पछिल्लो तीन वर्षको आंकलनमा सबैभन्दा बढी आव ०७६÷७७ मा यस्ता प्रकृतिका मुद्दा तुलानात्मकरुपमा बढेको उनले बताए ।
    ‘तीन आर्थिक वर्षको तथ्यांक हेर्दा मुद्दा प्रत्येक वर्ष बढ्दै गएको छ,’ न्यायाधिश दिपक खनालले भने, ‘यसलाई न्युनिकरण गर्न समाज र अभिभावक सतर्क नरहने हो भने अझ भयाभह बन्छ ।’

    दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका १ सय ४९, लागुऔषध ५२ र जबरजस्तीकरणीका २२ वटा मुद्दा फछ्र्यौट भएको उनले बताए । न्यायाधिश मनोज केसीले तीनै प्रकृतिका मुद्दा समाजमा सबैभन्दा बढी असर पुग्ने रहेको प्रतिकृया दिए । यस्ता प्रकृतिका मुद्दामा सामाजिक सञ्जालको दुरूपयोग, वैदेशिक रोजगार र असमझदारी प्रमुख कारक रहेको उनले बताए ।

    उनले भने, ‘अहिलेको विवाह सम्झौता जस्तो देखिन्छ । सामान्य विवादमा पनि सहन नसक्ने र समझदारी कायम हुन नसक्दा सम्बन्धविच्छे्दका घटना बढे । तथ्यांकअनुसार अदालत उदयपुरले आर्थिक वर्ष २०७६/०७७ मा ६ सय ५९ मुद्दा किनारा लगाएको छ । चार महिनाको लकडाउन (बन्दाबन्दि) का बाबजुद अदालतले ५७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । वार्षिक ८ सय १६ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य बोकेको अदालतले बन्दाबन्दिकाकारण सोचेअनुरुप नभए पनि उल्लेखिय सफलता मिलेको दावि गरेको छ ।

    श्रेष्तेदार कार्कीले भने, ‘हाम्रो लक्ष्य ६४ प्रतिशत फछ्र्यौट गर्ने थियो, चार महिना लकडाउन नभएको भए लक्ष्य नाघेर जान सकिने रहेछ, त्यहीँ पनि ७ प्रतिशतले मात्र कमि भयो ।’ कार्कीले बन्दाबन्दीमा पनि ८५ थान मुद्दा दर्ता भएकोमा ११ वटा फैसला गरिएको दावि गरे । उनले यसबीचमा जबरजस्तिकरणीका २१, लागुऔषध २३, ठगिका मुद्दा १० थान गरी ८५ वटा मुद्दा दर्ता भएको बताए । (अन्नपूर्ण पोस्ट)

  • सम्बन्धित विषय:

  • # लागु औषध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology