म्याग्दीको बेनी नगरपालिका-९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा ट्याक्सी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गलेश्वर शिवालय मन्दिरबाट दर्शन गरी फर्किँदै गरेको ट्याक्सी दुर्घटना हुँदा चार जना घाइते भएको हो ।
गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको अवसरमा दर्शन गरी फर्किने क्रममा ध १ ज ४७५ नम्बरको ट्याक्सी दुर्घटना हुँदा ट्याक्सीमा सवार पर्वतकी लक्ष्मी शर्मा, सुनिता शर्मा हिमलाल शर्मा र पृथिविनारायण शर्मा घाईते भएका छन् । चालकले ट्याक्सी स्टाट गरी बाहिर निस्किएको अवस्थामा ट्याक्सी खसेको हो ।
दुर्घटनामा परि घाईतेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उपचारमा संलग्न चिकित्सका अनुसार घाईतेको अवस्था खतरामुक्त रहेपनि एक जनालाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको छ ।
फाेटाे ः बेनीअनलाइनबाट