Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घरायसी प्रयोजनका लागि अब स्वीकृति नलिएरै फ्रिक्वेन्सी उपयोग गर्न सकिने

घरायसी प्रयोजनका लागि अब स्वीकृति नलिएरै फ्रिक्वेन्सी उपयोग गर्न सकिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०७७ शुक्रवार • १५:२९:०४ बजे
  • 1.2K
    SHARES
  • घरायसी प्रयोजनका लागि अब स्वीकृति नलिएरै  फ्रिक्वेन्सी उपयोग गर्न सकिने

    घरायसी प्रयोजनमा  उपयोगी  हुने  निश्चित  ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग गर्नसक्ने व्यवस्था गरिने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले  सीमित  क्षेत्रभित्र प्रयोग  गर्न  सकिने  त्यस्तो  फ्रिक्वेन्सीलाई सेवा  प्रदायकले  अनुमति  नलिएरै  प्रयोग गर्नसक्ने गरी तयारी थालेको हो  

    images


    दूरसञ्चार सञ्जालको  विकास एवं  विस्तारका  लागि  आवश्यक पर्ने  अनलाइसन्स्ड (अनुमति लिनु नपर्ने) फ्रिक्वेन्सीका लागि प्राधिकरणले  रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । “अनुमति नलिएरै प्रयोग गर्न सकिने ब्यान्डको पहिचान गरेर प्राधिकरणले समितिलाई सिफारिस गरेको  छ,” उनले भने  “समितिको स्वीकृतिपछि  त्यस्तो फ्रिक्वेन्सी प्रयोग  गर्न प्राधिकरणको स्वीकृति अनिवार्य हुने छैन ।”


    प्राधिकरणले  तत्काल  ५.१ गिगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई अनलाइन्सेन्स्ड बनाउने गरी सिफारिस गरेको हो । खासगरी घरभित्र  प्रयोग  हुने वाईफाईको  गुणस्तर सुधारका  लागि  यो  ब्यान्ड उपयोगी  हुने भएकाले सिफारिस गरिएको   अर्यालले जानकारी दिए । 


    घरभित्रको 'कनेक्टिभिटी’लाई अवरोधमुक्त  बनाउन  पनि  यो  फ्रिक्वेन्सी सहयोगी  हुनेछ । यसबाहेक  ग्रामीण  क्षेत्रमा टीभी ह्वाइट  स्पेसको  व्यवस्थाका  लागि पनि  माथिल्लो  तहका  यस्ता  फ्रिक्वेन्सी उपयोग गर्न सकिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology