Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी बागलुङका श्रीषमगरको मृत्यु

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी बागलुङका श्रीषमगरको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • १८:२२:३१ बजे
  • 2.2K
    SHARES
  • दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी बागलुङका श्रीषमगरको मृत्यु

    बागलुङ- दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीयजयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । 

    images

    घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरे ।  दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । 

    लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । 

    अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology