आश तमु पोखरा - यसपटकको १९औं संस्करणको आहारारा गोल्डकप चेत २१ देखि हुने भएको छ ।
आज पोखरामा आयोजक साहारा क्ल्व पोखराले पत्रकार सम्मेलनको आयोजना गर्दै १७ गतेबाट हुने भनिएको खेल २१ गते हुने र गत बर्षको तुलनामा यस वर्ष भने ४ टिम कम सहभागी हुने जानकारी दिएको छ ।
यस वर्षको पोखरा रंगशालामा हुने प्रतियोगितामा मनाङ मस्याङ्दी, नेपाल पुलिस, थ्री स्टार, नेपाल एपीएफ, संकटा, मछिन्द्र, अफ्रिकन रुट एसोएसन डउला क्यामरुन र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।
प्रतियोगिताको उपाधि जित्नेले १० लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख १ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।प्रतियोगितामा करिब १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने र १ करोड २९ लाख १ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
बचत रकमबाट क्लबले सहारा फुटबल एकेडेमीको सञ्चालनार्थ खर्च गर्दै आएको छ । क्याराभान गोल्ड कपसहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।