Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

'कफाला स्पोन्सरसीप सिस्टम'

साउदीमा 'कफाला स्पोन्सरसीप सिस्टम'लागु"विदेशी श्रमिकलाई थप स्वतन्त्रता, काम र देश छाड्न अनुमति नचाहिने"

साउदीमा 'कफाला स्पोन्सरसीप सिस्टम'लागु"विदेशी श्रमिकलाई थप स्वतन्त्रता, काम र देश छाड्न अनुमति नचाहिने"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २, २०७७ सोमवार • ०८:५८:४२ बजे
  • 1.3K
    SHARES
  • साउदीमा 'कफाला स्पोन्सरसीप सिस्टम'लागु"विदेशी श्रमिकलाई थप स्वतन्त्रता, काम र देश छाड्न अनुमति नचाहिने"

    साउदी अरबले 'कफाला स्पोन्सरसीप सिस्टम' आइतबार (आज) देखि लागु गरेको छ। यो सिस्टम लागु भएसँगै अब त्यहाँ रहेका प्रवासी श्रमिकमाथि रोजगारदाता या कम्पनीको नियन्त्रण कम हुनेछ।

    images

    साउदीले गत नोभेम्बरमा कफाला सिस्टम श्रमिकमैत्री बनाउने प्रतिवद्धता जनाएको थियो। सोही बमोजिम आइतबारदेखि यो सिस्टम आधिकारिक रूपमा लागु गरेको हो।

    कफालामा परिवर्तन गरिएसँगै यसको प्रभाव १ करोड विदेशी मजदुरमा पर्ने बताइएको छ। अब त्यहाँको निजी क्षेत्रमा काम गरिरहेका मजदुरले मालिकको अनुमति बिना नै रोजगारस्थल परिवर्तन गर्न पाउनेछन् भने चाहेका बेला आफ्नो देश फर्कन सक्नेछन्।

    साउदी सरकारले यसअघि नै मजदुरको क्षमता बढाउने, काम गर्ने माहोल सुधार्ने तथा उपयुक्त बनाउने वाचा गरेको थियो।

    त्यहाँका मानव अधिकारवादी कार्यकर्ताहरूले सरकारी कदमको स्वागत गरेका छन्। तर अझै कफाला सिस्टमको केही हिस्सा कायमै राखिएकाले त्यसलाई पनि पूर्णतः अन्त्य गर्न उनीहरूको माग छ।

    निजी क्षेत्रमा काम गर्ने सबैका हकमा परिवर्तन लागु हुने साउदी अरबको मानव संशाधन मन्त्रालयले जनाएको छ।

    यसअघिको कफाला प्रणालीमा कुनै मजदुरले काम छाड्नु परेमा रोजगारदाताको अनुमति लिनुपर्थ्यो। अब भने मजदुरले स्वेच्छाले काम गरिरहेको ठाउँ छाड्न या बदल्न पाउनेछन्। साथै, रोजगारदाताको अनुमति बिना नै देश छाड्न पाउनेछन्।

    निजी क्षेत्रमा काम गरिरहेका मजदुरहरू आफैँले सरकारी सेवाका लागि आवेदन दिन पनि पाउनेछन्। रोजगारदातासँग गरिएको सेवा सम्झौता अबदेखि अनलाइनमै राखिनेछ।

    त्यहाँका मानव संशाधन उपमन्त्री अब्दुल्लाह बीन नसीर अबुथुनायनले भनेका छन्, 'हामी हाम्रो देशलाई एक आकर्षक श्रम बजार बनाउन चाहन्छौं, साथै मजदुरका लागि काम गर्ने वातावरण थप सुधार गर्न चाहन्छौं।'

    श्रम कानुनमा गरिएको बदलावसँगै अब भिजन २०३० का उद्धेश्य हासिल गर्न सहयोग पुग्ने साउदीको अपेक्षा छ। त्यतिखेरसम्म साउदीले तेलमाथिको निर्भरता हटाइ अन्य क्षेत्रमा अघि बढ्ने लक्ष्य लिएको छ।

    एजेन्सी

  • सम्बन्धित विषय:

  • # साउदी अरेबिया
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology