Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ युरोप शाखाकाे अध्यक्षमा खातीको उम्मेदवारी घाेषणा

नेपाल पत्रकार महासंघ युरोप शाखाकाे अध्यक्षमा खातीको उम्मेदवारी घाेषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २, २०७७ सोमवार • ०९:१३:४६ बजे
  • 2.7K
    SHARES
  • नेपाल पत्रकार महासंघ युरोप शाखाकाे अध्यक्षमा खातीको उम्मेदवारी घाेषणा

    नेपाल पत्रकार महासंघ युरोप शाखाकाे असन्न निर्वाचनका लागि अध्यक्ष पदमा थाहा अनलाइन डटकममा सम्म्पादक महेश कुमार खातीले उम्मेदवारी घाेषणा गरेका छन् । उनले आफु अध्यक्षमा उठ्न लागेकाे आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

    images

    नेपाल पत्रकार महासंघ, युरोप शाखाको सचिव समेत रहेका खातीले उम्मेदवारी घोषणा गर्दै लेखेका छन ,"नेपाल पत्रकार महासंघ, युरोप शाखा अध्यक्षमा उम्मेदवारी घोषणा असली अर्थात स्वच्छ, निष्पक्ष र पारदर्शी पत्रकारिता सधैं विधि, पद्धति र लोकतन्त्रको पक्षधर हुन्छ । आवधिक निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व परिवर्तन लोकतन्त्रको सौन्दर्य हो । लोकतन्त्रका तिनै मूल्य मान्यतालाई शिरोपर गर्दै निकट भविष्यमा हुँदै गरेको नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्ने निर्णय गरेको छु ।

    पत्रकारिता आफैमा परिवर्तनको संवाहक हो र पत्रकारिताले परिवर्तनको आवाज उठाउँछ । हामी परदेशमा रहेका पत्रकार जसले यहाँको प्रविधि, कला, बिकास, मानवीय मूल्य, संस्कार र सुसंस्कृत समाज देखेका र भोगेका छौं । लेखेर र संचार माध्यम मार्फत अरुलाई जे भन्छौं सुरुवात पनि हामीबाटै हुनुपर्छ भन्ने मान्यता राख्दछु । यसपालिको अधिवेशनबाट सम्पूर्ण सहकर्मी पत्रकार अग्रज र शुभ चिन्तकहरुबाट परिवर्तनका पक्षको मेरो उम्मेदवारीलाई साथ दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।

    संधै सही मार्ग देखाउने पत्रकारितामा आबद्ध हामी सबै पत्रकारहरु फ्रन्टलाइनमा हुन्छौं । केही समयदेखि युरोप शाखामा विवाद, जटिल अवस्था र विभिन्न शिरामा बाँडिएका छौं । विधि र पद्धति अनुसार अब सबै मिलेर जानुको विकल्प छैन । यसै मार्फ़त आह्वान गर्दैछु सबै अग्रज र समकालीन साथीहरु सबै मिलेर अघि बढौं । युरोपमा कार्यरत पत्रकारलाई गोलबन्द बनाई संस्थागत हितलाई प्रबन्धन गरि अगाडी बढाउन प्रयत्न गर्नेछु ।

    पत्रकार र पत्रकारिताको मुल मर्म पेशागत हित नै प्रमुख हो । हाम्रा आ–आफ्ना राजनीतिक तथा अन्य आस्था र विचार होलान् । तिनलाई परै राखेर सबै एक भएर संस्थागत र साझा हितमा लाग्नुपर्ने आवश्यकता छ । युरोपमा रहेका सबै पत्रकार र पत्रकारिताको क्षमता अभिवृद्धिका लागि बदलिँदो प्रविधि सुहाउँदो नियमित तालिम तथा क्षमता अभिवृद्धि पहिलो प्राथमिकता हुनेछ । अहिले सबैको आँखा युरोप शाखामा केन्द्रित छ । सन् २०१२ का संस्थापकदेखि हालसम्मका अध्यक्ष र कार्यसमितिको योगदानले यो अवस्थामा महासंघ छ । अब सबैको साथ र सहयोगबाट विधिसम्मत सहि तवरले अवतरण गराउन सकारात्मक भूमिका निभाउनु हुनेछ भन्ने पूर्ण विश्वास छ ।

    युरोपमा नेपाली पत्रकारिता फष्टाउँदै गइरहेको छ । अझै ब्यवस्थित र व्यवसायिक बनाउनु आवश्यक छ । यसमा सबैको साथ र सहयोग हुनेमा पूर्ण विश्वास छ । महासंघ युरोप शाखा र अग्रजहरुबाट शुरु भएका प्रभावकारी कार्यहरुलाई निरन्तरता दिन प्रतिबद्ध छु । पत्रकार अग्रजको सम्मान, समकालिनलाई प्रोत्साहन र युरोपको नेपाली समाजको हितका लागि समय सुहाउँदा कार्य गर्न गराऊन म बाट हुन सक्ने प्रयत्न गर्नेछु । मर्यादित, निष्पक्ष र स्वतन्त्रता पत्रकारिताको मूल मन्त्र हो । यसलाई आत्मसात गरेर पेशागत र व्यवसायिक बनाउनु पर्दछ ।

    युरोपमा रहेका नेपाली राजदूताबास, कूटनीतिक निकाय, क्रियाशील सामाजिक तथा राजनीतिक संघसंस्था गैरआवासीय नेपाली संघ, खेलकूद, संस्कृति, साहित्य, बाणिज्य तथा पर्यटन संग सम्बंधित संघ संस्थाहरु लगायत नेपाल र नेपालीको हकहितको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा दृढ छु । शासन ब्यक्तिको हैन विधिको हुनुपर्छ भनेजस्तै छिट्टै हुन गइरहेको नेपाल पत्रकार महासंघ, युरोप शाखाको निर्वाचन विधान अनुसार लोकतान्त्रिक पद्धति मार्फत सफल पार्न सबै साधारण सदस्य, नेपाल पत्रकार महासंघ केन्द्रिय समिती लगाएत बिभिन्न सरोकारवाल निकायहरु समक्ष अनुरोध समेत गरेका छन।

    हाल डेनमार्क । सचिव नेपाल पत्रकार महासंघ, युरोप शाखा (२०१७ / २०२१)

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology