Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिवमा पोखराका गुरुङ नियुक्त

गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिवमा पोखराका गुरुङ नियुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २, २०७७ सोमवार • १५:५२:१७ बजे
  • 1.2K
    SHARES
  • गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिवमा पोखराका गुरुङ नियुक्त

    पोखरा - गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त भएका छन् । आइतबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

    images

    नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका गुरुङ पोखरा महानगरपालिका वडा नं १६ अर्मला कोटमा जन्मिएका हुन । ०४० सालमा आयोजना गरिएको दोस्रो बृहत राष्ट्रिय खेलकुदमा गुरुङले गण्डकीलाई ह्याण्डबल खेलमा स्वर्ण पदक दिलाउन सफल भएका थिए । उनले अंग्रेजी र राजनीति शास्त्रमा स्नातक उत्तीर्ण गरेका छन् ।

    गुरुङ भारतको पटियालामा सम्पन्न एनआइएस प्रशिक्षणमा गोल्ड मेड लिष्ट पहिलो नेपाली समेत हुन् । उनले सन् १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तानी समेत गरेका थिए । गुरुङको प्रशिक्षणमा हङकङमा आयोजित ह्याण्डबलमा नेपालले पदक समेत जित हारिल गर्न सफल भएको थियो । उनले सन १९८५ मा जोर्डनमा सम्पन्न एशियन च्याम्पियनसिपमा नेपाली टिमको कप्तानी गर्दै खेलेका थिए । हाल गुरुङ अग्रज खेलाडीको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष समेत हुन् ।

    नवनियुक्त सदस्य सचिव गुरुङले प्रदेशको खेलकुदको विकासका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताए । उनले समग्र खेलकुद विकासका लागि प्रदेश सरकारलाई बुझाएको सात बुँदे कार्ययोजना अनुसार खेलकुद क्षेत्रको विकासका लागि अघि बढ्ने बताए ।

    प्रदेश खेलकूद परिषदको सदस्य सचिवका लागि गुरुङसहित नवराज अधिकारीले आवेदन दिएका थिए । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक योजना निर्माण मन्त्री रामशरण बस्नेतले सदस्य सचिवका लागि परेका २ जनाको आवेदनमध्ये गुरुङलाई सदस्य सचिवमा नियुक्ति गरिएको बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology