Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे १७ हजार

२४ घण्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे १७ हजार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७७ शनिवार • २०:०५:०३ बजे
  • 1.7K
    SHARES
  • २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे १७ हजार

    नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

    images

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।योसँगै कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ। कोरोनाका कारण नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जनाकारी दिए।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology