Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना भाइरसविरुद्धको खोपले पनि सकारात्मक परिणाम दियो

कोरोना भाइरसविरुद्धको खोपले पनि सकारात्मक परिणाम दियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७७ शनिवार • २०:०८:०२ बजे
  • 1.8K
    SHARES
  • कोरोना भाइरसविरुद्धको खोपले पनि सकारात्मक परिणाम  दियो

    (फाइल तस्बिर)

    images

    बेलायतमा अर्को एक कोरोना भाइरसविरुद्धको खोपले पनि सकारात्मक परिणाम दिएको छ।बेलायतका स्वस्थ्यमन्त्री मेट ह्यानककले इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धानकर्ताहरु प्रति आभार प्रकट गर्दै शनिबार यी अनुसन्धानकर्ताले बनाएको खोप अर्को चरणमा प्रवेश गरेको बताएका हुन्।

    सुरुवाती परीक्षणहरुमा यस खोपले सकारात्मक परिणाम दिएपछि हाल यस खोप १८ देखि ७५ वर्षसम्मका १ सय ५ व्यक्तिहरुमा परीक्षणका लागि प्रयोग गरिएको छ।यिनीहरुलाई हालसम्म ३ पटक खोप लगाइएको छ। यसको परिणाम आएपछि यस खोपको प्रभावकारिताको बारेमा थप पत्ता लाग्नेछ।स्वास्थ्यमन्त्री ह्यानककले बेलायतले यस ट्रायलमा ४ करोड पाउन्ड लगानी गरेको जानकारी दिएका छन्।यसअघि बेलायतमा अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप मानवमा परीक्षण गरिएको थियो। एजेन्सी

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology