Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ४, २०७७ बुधवार • ११:०२:३२ बजे
  • 1.6K
    SHARES
  • रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

    पोखर -  जितसँगै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    मंगलवार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम आठमा प्रवेश गरेको हो ।

    घरेलु मैदान शानदार जितसँगै रियल समग्रमा ४-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियलले १-० को जित निकालेको थियो ।

    दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गरे । एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।

    खेलको ३४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-० को अग्रता दिलाएका थिए ।

    खेलको ६० औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दा रियलको अग्रता २-० को बन्यो । चोटबाट मुक्त हुँदै मैदान फर्किएका रामोसले पहिलो खेलमै गोल गरेका हुन् ।

    खेलको ८३ औं मिनेटमा एट्लान्टाका लुइसले गोल गरेपछि खेल २-१ को स्थितिमा पुग्यो । तर, खेलको ८५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।

    यससँगै रियल ३६ औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल अघिल्ला दुई सिजन अन्तिम आठमा पुग्न असफल भएको थियो ।

    एजेन्सी

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology