Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश

शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ५, २०७७ बिहिवार • २०:०४:०२ बजे
  • 1.5K
    SHARES
  • शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश

    हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ।

    images

    विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई बिहीवार भएको दोस्रो सेमिफाइनलमा हराउँदै विभागीय टोली नेपाल आर्मी फाइनल प्रवेश गरेको हो। 

    बिहीवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले विदेशी क्लब अरासलाई १-० गोल अन्तरले हराएको हो ।

    आर्मीको जितमा आशिष शाक्यले गरेको एक मात्र गोल निर्णायक बन्यो। बिहीवारको खेलको म्यान अफ द म्याच आर्मीका क्याप्टेन टेक बहादुर बुढाथोकी घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

    शनिवार प्रतियोगिताको उपाधिका लागी आर्मी र आयोजक मकवानपुर ११ बीच खेल हुनेछ। प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

    फाइनलमा आर्मी र आयोजक मकवानपुर ११ उपाधिका लागी भिड्ने भएका हुन्।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology