दोहा- कुवेतमा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि कुवेत पुगेका कपिलवस्तुका ३० वर्षीय यम ठकुरीको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।
केही समयदेखि उच्च रक्तचापको उपचाररत उनको शुक्रबार मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। उनी ७ वर्षदेखि कुवेतमा कार्यरत थिए । तर हाल उनी कुन कम्पनीमा के काम गर्थे भन्ने बारे केही खुलेको छैन ।
ठकुरीको शव उनको परिवारसँग समन्वय गरेर नेपाल पठाइने दूतावासले जनाएको छ ।