Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७७ आइतवार • ०८:२८:२३ बजे
  • 1.4K
    SHARES
  • प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

    प्युठानमा गएराति ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका ३ रुमाले भन्ने ठाउँमा गएराति अन्दाजी १ वजेको समयमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

    images

    उक्त ट्याक्टरमा चालकसहित ८ जना रहेको र एकजना भने हाम फालेर ज्यान जोगाउन सफल भएको उनले जानकारी गराए । मृत्यु हुने सबै ७ जना रोल्पाका रहेको भन्ने बुझिन आएको तर पहिचान खुलिनसकेको उनले बताए । स्वर्गद्वारीतर्फवाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना परेको हो । ट्याक्टर सडकबाट अन्दाजी ४–५ सय मिटर तल झरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।अहिले स्थानीय, नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology