पोखरा - मंगलबार पोखरामा थप ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरका १२ वटा वडाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जसमा १३ पुरुष र १९ महिला रहेका छन ।
संक्रमितहरु पोखरा महानगरको वडा नम्बर ४ का १ पुरुष, ५ का १ पुरुष तथा १ महिला, ७ का १ पुरुष, ८ का ३ पुरुष तथा १ महिला, ९ र ११ का १ -१ पुरुष, १४ का २ महिला, १६ का १ पुरुष, १७ का २ पुरुष तथा ३ महिला, २१ की १ महिला, ३० का २ महिला र ३१ का २ पुरष तथा ८ महिलामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।
त्यसै गरी बागलुङ बागलुङ नगरपालिका ८ का १ पुरुष र म्याग्दी अन्नपुर्ण ४ का ५ पुरुषमा पनि मंगलबार कोरोना संक्रमण पुष्टि भएको निर्देशक डा। शर्माले बताए । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय ७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १५ हजार ९ सय ६९ पुगेको छ । गण्डकी प्रदेशमा कोरोबाट हालसम्म २०५ जनाले ज्यान गुमाएका छन् ।