Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आगोलागी गम्भिर घाइते भएका खत्रीलाई म्याग्देली युवा आवाज परिवारको सहयोग

आगोलागी गम्भिर घाइते भएका खत्रीलाई म्याग्देली युवा आवाज परिवारको सहयोग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ४, २०७७ आइतवार • १४:०२:४० बजे
  • 2.2K
    SHARES
  • आगोलागी गम्भिर घाइते भएका  खत्रीलाई म्याग्देली युवा आवाज परिवारको सहयोग

    आश तमु म्याग्दी - गत २८ गते आफ्नै घरमा पेट्रोल प्रयोग गरी आगोबाल्ने क्रममा शरीरमा आगोलागी गम्भिर घाइते भएका तम बहादुर खत्री घारा लाटाको थप उपचारको लागी बिभिन्न व्यक्ति तथा सघसस्थाहरुले सहयोग गरेका छन । उनलाई म्याग्देली युवा आवाज परिवारले १५ हजार रकम सहयोग गरेका छन । युवा परिवारका पदाधिकारी र सदस्यहरुले क्षत्रीको उपचारमा समन्वय गरिरहेका प्रकाश पौडेललाई रकम हस्ताणतरण गरेका थिए । पौडेलले खत्रीको उपचारको निम्ती धेरै सहयोगी मनहरुले साथ दिएको बताएका छन ।

    images

    उनका अनुसार अहिले सम्म ताकम समाज अस्ट्रेलियाबाट रु ४०, ०००, नारायण जिसीबाट अरयन् ग्क् बाटरु १५,००० ,सबिन श्रेष्ठबाट रु २,००० डम्बर शर्माबाट रु १,००० रकम प्राप्त भएको बताए । यसै गरी यसै गरी ताकम गाउँमा घरदैलाे गरी उठाइएकाे रु ३६,००० (छत्तिस हजार) यामलाल सुवेदी (काठमाडाै ) रु ४,००० ( चार हजार)जिवन कार्की अथक ( राखु पिप्ले) रु २,००० ( दुइ हजार )ठहर बहादुर भण्डारी (बेनी) रु १,००० ( एक हजार ) नमस्ते म्याग्दी डिजिटल फाेटाे सेन्टर रु १०,००० ( दश हजार)प्राप्त भएको बताएका छन् ।

    109129600_3524595834244886_7320994858208372223_o.jpg

    म्याग्दी जिल्ला धवलागिरी गाउँपालीका ०७ ताकम निवासी ६० बर्षिय तम बहादुर खत्री (सुस्त मनस्थिती भएका) मिती २०७७ असार २८ गते आफ्नै घरमा पेट्राेल प्रयाेग गरी आगो सल्काउने क्रममा ज्यानमा आगो सल्किएर गम्भिर घाइते भएका थिए ।

    निज खत्रीलाइ ताकममा सामान्य उपचार गरी तत्कलै युवा व्यवसायी नारायण जिसी र राजेश शाक्यकाे ब्यक्तिगत खर्चमा प्रभु एयरकाे हेलिकप्टर मार्फत असार ३१ गते थप उपचारकाे लागी बेनी अस्पताल ल्याइएकाे थियाे ।

    शरिरका हात, खुट्टा, अनुहार, ढाड, कम्मर लगाएतका बिभिन्न भागहरु जलेकाे अवस्थामा रहेकाे खत्रीलाइ बेनि अस्पतालमा चार दिन उपचार पश्चात थप उपचारको लागी मणिपाल हस्पितल पठाइएकाे छ ।
    बेनी अस्पतालका डाक्टरका अनुसार शरिरकाे अन्य भागकाे छाला काटेर पाेलेकाे ठाउँमा प्रयाेग गरी उपचार गर्नुपर्ने जटिल अवस्था रहेकाे छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology