पोखरा - भर्चुअल माध्यमबाट सम्पन्न गैरआवासीय नेपाली संघ ओमानको साधारण सभाले अध्यक्षमा बिकल झालाई चयन गरेको छ । साधारण सभाबाट महेश चौधरी र सुरेश खड्का उपाध्यक्षमा चयन भएका छन् ।
यसैगरी, महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र सहकोषाध्यक्षमा फुर्वा सांगे रुम्बा रहेका छन् भने सदस्यहरूमा लक्ष्मी प्रसाद कोइराला, संगिा जोगेबु, टिका दाहाल, बिन बहादुर बस्नेत, पारश्वर योगी, बिजेन्द्र सवार, रमेश सुन्दास, बिनोद कुमार दास, कन्चन पोख्रेल, शेरबहादुर बस्नेत र सुस्मा लिम्बू चयन भएका छन् ।
सुरज चित्रकारलाई युवा संयोजक र क्याप्टेन पुजा बस्नेतलाई महिला संयोजक र महेन्द्र तिवारीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।ओमनमा एनआरएनए त्यहाँको कानूनअनुसार एक सामाजिक संस्थाका रुपमा गैरआवासीय नेपाली सोसल क्लबका नाममा दर्ता छ । कानूनी रुपमा सोसल क्लबका नाममा दर्ता भए पनि सोसल क्लब नै आधिकारिक एनआरएनए हो।