Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा

नेपाल त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १५, २०७७ आइतवार • १०:५१:२९ बजे
  • 1.7K
    SHARES
  • नेपाल त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा

    पोखरा - नेपाल त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

    images

    यसअघि बिहीबारको खेलमा नेपालले कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसँग पनि गोलरहित बराबरी खेलेको थियो । नेपालले गोल गर्न नसके पनि महत्वपूर्ण एक एक अंक बटुल्दै तीन टिम बीचको भिडन्तमा दोस्रो स्थान हासिल गर्दै फाइनलमा पुगेको हो । उपाधि भिडन्त सोमबार हुँदैछ । उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै छन् । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । बंगलादेशले २ खेलमा ४ अंक जोड्यो ।

    बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १–० ले हराएको थियो । कीर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology