Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा अन्तर्राष्ट्रिय म्याराथन : उपाधि फूलमती र तीर्थलाई

पोखरा अन्तर्राष्ट्रिय म्याराथन : उपाधि फूलमती र तीर्थलाई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १५, २०७७ आइतवार • १०:५३:१४ बजे
  • 1.6K
    SHARES
  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन :  उपाधि फूलमती र तीर्थलाई

    पोखरा — पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत शनिबार भएको १० किलोमिटर दौडमा पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ एपीएफकी फूलमती रानाले उपाधि जितेका छन् ।

    images

    भारतीय सेनामा कार्यरत पुनले निर्धारित दूरी ३३ मिनेट ३३।०८ सेकेन्डमा पूरा गरे ।

    नेपाली सेनाका जितेन्द्र दनुवारले उक्त दूरी ३४ मिनेट ७।०३ सेकेन्डमा पूरा गरेर दोस्रो भए । काठमाडौंका शिवबहादुर रायमाझीले ३४ मिनेट २२।०५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुन सफल भए । पहिलो, दोस्रो र तेस्रो हुने धावकले क्रमशः १५, १० र ५ हजार रुपैयाँ पाए ।

    महिलातर्फ फूलमतीले ८३ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारिन् । उनले उक्त दौड ४० मिनेट ५२।०२ सेकेन्डमा पूरा गर्दै नगद १५ हजार रुपैयाँ पाइन् । धरानकी छेन्वी राईले ४२ मिनेट ०१।०६ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् । उनले १० हजार रुपैयाँ हात पारिन् । एपीएफकी आशा रावतले ४३ मिनेट ५२।०३ सेकेन्डमा निर्धारित दूरी पूरा गरेर तेस्रो भइन् । उनले ५ हजार रुपैयाँ पाइन् ।

    पोखरा रंगशालाबाट सुरु भएको दौड नगरको विभिन्न भाग परिक्रमा गरी मानवअधिकारचोक पुगेको थियो । दौडमा सहभागी ज्येष्ठ नागरिक ७४ वर्षीय टंकबहादुर श्रेष्ठलाई उनको हौसलाको कदर गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसीले १० हजार रुपैयाँ प्रदान गरे ।

    प्रतियोगितामा विभिन्न १७ जिल्लाका पुरुषतर्फ ४ सय ३९ र महिलातर्फ ८३ धावकले सहभागिता जनाए । । पोखरा म्याराथनअन्तर्गत नै आगामी वैशाख ४ गते ५ किलोमिटर छात्रछात्रा दौड हुने आयोजक संस्था भूतपूर्व खेलाडी मञ्च जनाएको छ । यसअघि फागुन १ मा मञ्चले १५ औं संस्करणको पोखरा म्याराथन आयोजना गरेको थियो ।

    विजेता खेलाडीलाई पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेका उपाध्यक्ष करम गुरुङ, आयोजक संस्थाका अध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेज गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट लगायतले पुरस्कार वितरण गरे ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology