कमल भण्डारी
नेपालको कम्युनिष्ट आन्दोलन स्थापनाकाल देखि अहिले सम्म पार्टी जोडने र तोडने काम धैरै पटक भएका छन । एकता भन्दा पनि बिग्रहको इतिहास कहाली लाग्दो छ । बोलीमा सधै सर्वहाराको अभिभावक भनेर सम्बोधन गर्ने तर यथार्थमा निजि स्वार्थ दम्भ अहंकार शक्ति र सत्ताको लागी मरीहत्य गर्ने अहिले देखिएको समस्या यहि हो ।
तत्कालीन नेकपा मालेका जन नायक मदन भण्डारी र नेकपा मार्क्सवादीका लोक प्रिय नेता मनमोहन अधिकारीबाट एकता नेकपा एमाले भएको थियो । यहि जगबाट स्थापित भएको एकता सहकार्य र कम्युनिष्ट आन्दोलन अब बिभाजनको संघारमा पुगेको छ । व्यक्ति प्रधान कि बिधि प्रधान भन्ने हेक्का पनि नेतृत्वमा ह्रास भएको देखिन्छ ।
हिजो पार्टी एकता पछि नेकपा भित्र देखिएको गुट र उपगुटका समस्या अहिले नेकपा एमालेमा प्रबेश गरेको छ । एमाले भनेको मात्रै तिन जना नेतृत्वको हो की? पाचँ लाख कार्यकर्ता र नेपाली जनताको हो एक पटक नेतृत्व महोदयले मनन गनुपर्ने देखिन्छ? हिजो पार्टी एकता भित्र देखिएको समस्या अहिले आफ्नो पूर्व समुहमा देखिएको छ । निति बिधि जे भने पनि मूख्य समस्याको जड भनेको व्यक्तिगत नाफा नोक्सानमा नै परिणत हुदो रहेछ अहिलेको नेतृत्वको बोली ब्यवहारले यस्तै प्रस्तुत गरेको देखिन्छ । एकता सहकार्य भन्दा पनि एकले अर्कोलाइ कसरी बिस्थापित गर्ने भन्ने देखिन्छ । होइन भने पार्टी एकता भन्दा पहिला भएका बिधान बमोजिम कार्यन्वयन हुने पर्ने हो तर त्यसतो सम्भावना लगभग समाप्त भएको देखिन्छ । पार्टी भित्र भएका दोस्रो तहका नेता सबै तिन जना नेतृत्वको मतियार भएर बसेका रहेछन होइन भने किन एकता सहकार्य बाट च्यूत हुदै छन । एमालेका अध्यक्ष खडग प्रशाद ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच भएको पार्टी एकताले दिगो रूप लिनु पर्ने थियो । तर त्यसको बिपरित दिशा तिर उन्मुख भयो अन्नत पूर्ववत अबस्थामा स्थापित भयो सर्वोच्चको फैसालाले न्यायलय भनेको पनि सबै सेटिङ र चिटिङबाट चलेको देखिन्छ । बच्चा धर्तिमा पैदा भएपछि फेरी पनि तिमी गर्वमा गएर बस्नुपर्छ भन्ने जस्ता लज्जाबोधको निर्णयले नेकपा नेता कार्यकर्तालाइ तहसनहस बनायो ।
हिजो पार्टी एकता हुदा उहि कमरेड जन नायक र कुशल नेतृत्व हुन्छ जब बिचार र सहकार्यबाट च्यूत भयो भने त्यहि मित्र कुहेको स्याउ अथवा कुहेको अण्डा हुन्छ । समकालिन नेतृत्व देश जनता र पार्टी सबैलाइ गन्ध दिने भएको रहेछ भने मेरो पनि उठबस त्यहि गन्ध दिने कमरेडसग छ भन्ने हेक्का हरण भएको देखिन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलन लगभग समाप्त हुने दिशामा उन्मुख भएको देखिन्छ । बिधि निति प्रधान भन्दा पनि व्यक्ति प्रधान भन्ने नारा नै स्थापित भएको रहेछ । नेकपा भित्र लोकतन्त्र भन्ने शब्द पार्टी भित्र हरण भएको रहेछ । जनतालाइ स्थाइ सरकार सुखी नेपाली समृद्र नेपाल भन्ने नारा र वाम एकताको घोषणा पत्रले तय गरेको लक्ष्य भनेको जसरी हुन्छ सत्ता र शक्तिको लागी गरीएका बाचा मात्रै रहेछन । घोषणा पत्रले तय गरेका बिकाश र समृद्रका नारा भनेको सबै शब्दमा मात्रै सिमित भए । राजनिति भनेको सेवा होइन पेशा हो भन्ने वाम एकता र बिघटनका घटनाले पुष्टि गरेका छन ।
डबल चालक सहितको व्यवस्था भएको नेकपा हाक्ने नेतृत्व दुर्घटना ग्रस्त भएको छ । त्यसकारण अब यि चलायमन हुन नस्कने चालकलाइ अब उपचार गरी घरमा आरम गरी बस्ने व्यवस्थाको प्रबन्ध गर्नु पार्टी जनता र कार्यकर्तालाइ पनि लाभ होला फेरी पार्टी जीवन निरन्तर अगाडी बढदै फेरी नयाँ उचाइ भेटाउला नत्र भने फेरी पनि यि बिरामी भएका चालकले पार्टी कब्जा गर्ने र शास रहे सम्म नेतृत्व नछोडने हो भने नेकपा भित्रका पाचँ लाख कार्यकर्ताले नेतृत्व परिर्वतनको लागी बिद्रोह गनुपर्छ ।
नेकपा भित्र अझै पनि केहि आशा लाग्दा दोस्रो तहका नेता छन । बिगतमा असल काम पनि भएका छन जनताले अपेक्षा पनि यि र यस्तै युवा नेतृत्वबाट मात्रै बिकाश र समृद्र नेपाल बनाउन सक्छन भन्ने अपेक्षा छ । त्यसकारण जर्नादन शर्मा गोकर्ण बिष्ट घनश्याम भुषाल योगश भट्टराईले पार्टी एकता र नेतृत्व लिने हो भने मात्रै देश बिकाशमा टेवा पुग्ने थियो कि!!! दिन पछि रात घाम पछि जुन भने झै एकपटक युवा नेतृत्वलाइ पार्टी नेतृत्व हस्तान्तरण गर्न ढिला नगर्रो कि!!!