Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वायु प्रदूषण

देशैभर वायु प्रदूषण बढेपछि सम्पुर्ण शिक्षण संस्था २० गतेसम्म बन्द गर्ने निर्णय

देशैभर वायु प्रदूषण बढेपछि सम्पुर्ण शिक्षण संस्था २० गतेसम्म बन्द गर्ने निर्णय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १६, २०७७ सोमवार • १५:०५:०७ बजे
  • 2.5K
    SHARES
  • देशैभर वायु प्रदूषण बढेपछि सम्पुर्ण शिक्षण संस्था २० गतेसम्म बन्द गर्ने निर्णय

    पोखरा - देशैभर वायु प्रदूषण बढेपछि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए ।

    वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकासहित देशभर गत शुक्रबारदेखि मौसम प्रतिकूल बनिरहेको छ।

    धूवाँ, धूलाे मिश्रित तुवाँलाेले काठमाडाैंसहित देशैभरकाे आकाश धुम्म बनेकाे छ। सरकारले वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले माैसममा सुधार नभएसम्म घरबाहिर अत्यावश्यक कामबाहेक ननिस्कन भनेकाे छ।

    बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा। सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा।हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।

    पछिल्ला चार दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढेको छ ।  जल तथा मौसमविद्हरुका अनुसार देशभर डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको जनाएका छन् । साथै वायुमण्डलको तल्लो तहमा धुवाँ र त्योभन्दा माथि बादल परेकोले चैतमा चिसो बढेको मौसमविदहरुको भनाई छ ।

    उता भारतबाट आएका केही धुलोका कणले गर्दा घामलाई छेकिएको छ । घाम छेकिएपछि स्वाभाविक रुपमा तापक्रम घटेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षण संस्था बन्द
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology