सोमबार बेलुका दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भइरहेको फाइनल खेलमा नेपालले पहिलो गोल गरेको छ । खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले पहिलो गोल गरेका हुन् ।नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई सशक्त प्रहार गर्दै गोलमा परिणत गरेका हुन् । यस्तै दोस्रो गोल ८ नम्बर जर्सी लगाएका विशाल राइले ४२ औ मिनेटमा गरेका थिए । साढे ५ बजेदेखि सुरु भएको खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् ।