Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

थ्री नेसन्स कप : नेपालविरुद्ध बंगलादेशले फर्कायो गोल, नेपाल २-१ बंगलादेश

थ्री नेसन्स कप : नेपालविरुद्ध बंगलादेशले फर्कायो गोल, नेपाल २-१ बंगलादेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १६, २०७७ सोमवार • १९:३१:४२ बजे
  • 1.2K
    SHARES
  • थ्री नेसन्स कप : नेपालविरुद्ध बंगलादेशले फर्कायो गोल, नेपाल २-१ बंगलादेश

    दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भइरहेको फाइनल खेलमा बंगलादेशले पहिलो गोल गरेको छ । मध्यान्तर पछि भइरहेको खेलको ८२ औं मिनेटमा बंगलादेशका १० नम्बरका खेलाडीले गोल गरेका हुन् । मधयान्तर अघि नेपालले दुई गोल गरेको थियो । खेलको ४१ ‌औं मिनेटमा नेपालका जर्सी नम्बर ८ का विशाल राईले सुन्दर गोल गरेका थिए भने खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले गोल गरेका थिए । नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई सशक्त प्रहार गर्दै गोलमा परिणत गरेका थिए । साढे ५ बजेदेखि सुरु भएको खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् ।

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology