Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा मंगलवार ४ बर्षीया बालिका सहित थप ३६ जनालाई कोरोना पुष्टि

पोखरामा मंगलवार ४ बर्षीया बालिका सहित थप ३६ जनालाई कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १७, २०७७ मंगलवार • १७:३९:२८ बजे
  • 5.0K
    SHARES
  • पोखरामा मंगलवार ४ बर्षीया बालिका सहित थप ३६ जनालाई कोरोना पुष्टि

    पोखरा - पोखरामा मंगलवार थप ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टि प्रालि पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा तथा विध ल्याब ललितपुरमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    अध्यावधिक विवरण अनुसार  पोखरा वडा नम्बर १ मा १ जना पुरुष, ४ मा १ जना महिला, ५ मा १ जना महिला, ६ मा १ जना पुरुष तथा ७ मा १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ नम्बर वडामा २ जना महिलासहित ३ जना पुरुष गरी ५ जनालाई संक्रमण पुष्टि भएको छ ।

    पोखरा ९ मा १ जना पुरुष ,वडा नम्बर १३ मा २ जना पुरुष, वडा नम्बर १५ मा २ जना महिला तथा २ जना पुरुष ,१७ नम्बर वडामा १ जना महिला, १ जना किशोर तथा, १ जना पुरुष,१९ मा १ जना महिला ,वडा नम्बर २९ मा २ जना महिला १ जना पुरुष, वडा नम्बर ३० मा ७ जना १ जना बालिकासहित ३ जना महिला तथा ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । ३१ नम्बर वडामा ४ जना ३ जना महिला तथा १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ५ सय ६१ पुगेको छ ।

    1.jpg2.jpg

    3.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology