Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन पत्रकार पुनको परिवारबाट

पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन पत्रकार पुनको परिवारबाट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १९, २०७७ बिहिवार • १२:४८:०६ बजे
  • 2.1K
    SHARES
  • पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन पत्रकार पुनको परिवारबाट

    पोखरा - पाँचौं पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन फोटो पत्रकार उमेश पुनको परिवारबाट प्रायोजन गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड २०७६०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन पोखरा १० रामबजार निवासी स्व सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् ।

    images

    पुरस्कारको प्रायोजन सम्झौता बुधबार मञ्चका अध्यक्ष एकराज गिरी र उमेश पुनबीच आदानप्रदान भएको हो । मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व। सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार सहयोग गर्दै आएको छ ।

    यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डलाई पोखरा लेकसिटीका निर्देशक डा। विष्णु नेपालीले ४० हजार र माई होटल लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उत्कृष्ट उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार रुपैयाँ प्रायोजन गरिसकेका छन् ।

    गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी ती विधामा अवार्ड प्रदान गर्नेछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि २ पत्रकारले ३५ / ३५ हजार नगद सहित अवार्ड प्राप्त गर्ने छन्

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology