Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

२४ घण्टामा थप १ सय ५२ जनामा कोरोना पुष्टि , १ संक्रमितको मृत्यु

२४ घण्टामा थप १ सय ५२ जनामा कोरोना पुष्टि , १ संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १९, २०७७ बिहिवार • १७:१०:२५ बजे
  • 2.8K
    SHARES
  • २४ घण्टामा थप १ सय ५२ जनामा कोरोना पुष्टि , १ संक्रमितको मृत्यु

    पोखरा - पछिल्लो २४ घण्टामा मुलुकमा थप १ सय ५२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।४ हजार २१३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय ५२ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।

    images

    जसमा महिलाको संख्या ९७ हजार ४८७ (३५।१४ प्रतिशत) र पुरुषको संख्या १ लाख ७९ हजार ९७४ जना (६४।८६ प्रतिशत) रहेको छ ।कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६५ जना निको भएर घर फर्किएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ ।त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ५ सय ७९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार २१३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ७५ हजार ५४० जनाको पीसीआर परीक्षण भएको छ ।

    यसै गरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology