Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोले दार्चुलामा घर बगाउँदा आमाछोरी बेपत्ता

पहिरोले दार्चुलामा घर बगाउँदा आमाछोरी बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७७ सोमवार • ०९:५८:३५ बजे
  • 2.0K
    SHARES
  • पहिरोले दार्चुलामा घर बगाउँदा  आमाछोरी बेपत्ता
    फाइल तस्बिर
    दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परेर आमाछोरी बेपत्ता भएका छन्। आइतबार राति अविरल वर्षासँगै गाउँमा पहिरो जाँदा नौगाड ६ की ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
    सुतिरहेको बेला पहिरोले घर बगाउँदा आमाछोरी बेपत्ता भएका हुन्। उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
    पहिरोले गाउँको विद्यालय भवन, कुखुरा फर्म, पानी घट्ट र स्थानीयले गोठमा गाईबाख्रा पनि बगाएको छ। पहिरोमा परि तीनवटा घर क्षतिग्रस्त भएका छन्।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology