आश तमु ,पोखरा - पोखरामा आजबाट सुरु भएको १९ औ आहा रारा गोल्डकपको पहिलो खेलमा विभागिए टिम एपीएफ क्लवले बिजयी सुरुवात गरेको छ । जीत सँगै एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उद्घाटन खेलमा घरेलु टिम सहारा क्लवलाई एक शुन्यको झिनो अन्तरले हराउँदै एपीएफले अन्तिम चारमा स्थान पक्का बनाएको हो ।
खेलको ८७ औं मिनेटमा आशिष लामाले उत्कृष्ट गोल गर्दै एपीएफलाई जित दिलाएका हुन ।
खेलको पहिलो हाफमा दुई वटा सुन्दर मौका खेर फालेको एपीएफले दोस्रो हाफमा पनि तीन वटा उत्कृष्ट अवसरको सिर्जना गरेको थियो । तर आशिष लामा दुई पटक चुक्न पुगे । फ्रिकिकबाट आएको बललाई उनले डिबक्स भित्र फ्रि रहेको अवस्थामा बललाई प्रहार गरेका थिए । जसलाई सहाराका गोलकिपरले बचाउन सकेन ।
त्यसपछि सहारा क्लव खेलमा फर्कन सकेन र एपीएफले अन्तिम चारमा स्थान बनायो । उसले सेमिफाइनलमा मनाङ र संकटाविचको विजेतासँग खेल्नेछ ।