Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

६ पटक आहारारा गोल्ड कप उचालिसकेको डिफेन्डिङ च्याम्पियन मनाङ पहिलो खेलमा संकटासँग पराजित

६ पटक आहारारा गोल्ड कप उचालिसकेको डिफेन्डिङ च्याम्पियन मनाङ पहिलो खेलमा संकटासँग पराजित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • १९:१५:१८ बजे
  • 1.1K
    SHARES
  • ६ पटक आहारारा गोल्ड कप  उचालिसकेको डिफेन्डिङ च्याम्पियन मनाङ पहिलो खेलमा संकटासँग पराजित

    पोखरा - आहा रारा गोल्ड कप ६ पटक उचालिसकेको डिफेन्डिङ च्याम्पियन मनाङ पहिलो खेलमा संकटा सँग पराजित हुदैँ बाहिरिएको छ ।

    images

    सोमबार पोखरास्थित रंगशालामा सम्पन्न १९ औं संस्करणको खेलमा संकटाले डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    पोखरा रंगशालामा भएको खेलमा संकटालाई जिताउन विदेशी खेलाडी फोफोमाले निर्णायक गोल गरे । उनले खेलको ४४ औं मिनेटमा गरेको गोल नै संकटालाई जिताउन पर्याप्त बन्यो ।खेलमा म्यान अफ दि म्याच फोफोना भएका थिए भने उनले नगद ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

    प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् । प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।यसअघि नै विभागीय टोली एपीएफ क्लब र अफ्रिकन रुट एसोसिएसन सेमिफाइनलमा पुगिसकेका छन् ।

    सहारा क्लबको आयोजना भइरहेको प्रतियोगितामा कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology