Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिड १९

जेठ असारमा कोभिड - १९ को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्छ - मन्त्री त्रिपाठी

जेठ असारमा कोभिड - १९ को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्छ - मन्त्री त्रिपाठी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २४, २०७७ मंगलवार • ०८:०८:५९ बजे
  • 1.5K
    SHARES
  • जेठ असारमा कोभिड - १९ को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्छ  - मन्त्री त्रिपाठी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ असारमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने बताएका छन । तर अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको पनि उनले बताए

    images

    आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ उनले भने ।

    यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो ।

    माघ पहिलो साता न्यून बिन्दुमा पुगेको संक्रमण फेरि बढ्न थालेको छ । सोमबार देशभरमा २६६ नयाँ संक्रमित भेटिएका छन् । भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए ।

    पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार रहेको भन्दै अहिलेको नेपालको अवस्था आतंकित हुनुपर्ने बताए ।

    उनका अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको र असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य रहेको बताए । खोप ल्याउन रकम अभाव नहुने भन्दै उनले भने, खोपका लागि ४८ अर्ब बजेट सुरक्षित छ । त्यति पनि खर्च नहोला ।

    मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology