Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालीको मृत्यु

कोरोना सङ्क्रमणबाट कतारमा थप तीन र रुसमा एक नेपालीको मृत्यु

कोरोना सङ्क्रमणबाट कतारमा थप तीन र रुसमा एक नेपालीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २४, २०७७ मंगलवार • १४:०६:४३ बजे
  • 1.8K
    SHARES
  • कोरोना सङ्क्रमणबाट कतारमा थप तीन र रुसमा एक नेपालीको मृत्यु

    दोहा- कोरोना भाइरस सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार कतारमा तीन र रुसमा एक नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बताए ।

    images

    कतारमा पछिल्लो समय कोरोना संक्रमण त्रिब्र रुपमा फैलिरहेको छ । कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८४ हजार ३३४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६६ हजार ४४१ पुगेको छ ।मन्त्रालयका अनुसार कतारमा अहिले १७ हजार ५७८ वटा एक्टिभ केस रहेका छन् । तीमध्ये ४४२ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

    थप तीन नेपालीको मृत्यु भएसंगै कतारमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २१ पुगेको छ ।

    संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ । मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड १९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन अनुरोध गरिरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology