Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थ्री स्टारलाई ४-० ले पराजित गर्दै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश

थ्री स्टारलाई ४-० ले पराजित गर्दै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २४, २०७७ मंगलवार • १९:४८:४३ बजे
  • 2.7K
    SHARES
  • थ्री स्टारलाई ४-० ले पराजित गर्दै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश

    तस्विर : फोटो पत्रकार बस बहादुर शेर्पा ( बसन्त )

    images

    पोखरा । नेपाल पुलिस क्लब पोखरामा जरी १९ औ आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विजेता थ्री स्टार क्लबलाई ४-० को नतिजामा पराजित गर्दै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

    पोखरा रंगशालामा बुद्ध बल तामाङले २८ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल थप्न सफल हुदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

    तेज तामाङले प्रहार गरेको फ्रि-किकलाई ६ यार्ड बक्स भित्रबाट ट्याप इनमार्फत गोल गर्दै बुद्धले पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा थ्री स्टारको रक्षापंक्तिमाथि हाबी बनेको पुलिसले ६७औं मिनेटमा तेजले गरेको गोलसँगै अग्रता २-० मा लम्ब्याएको थियो ।

    त्यसको ६ मिनेट नबित्दै सुमन लामाले ७३औं मिनेटमा गरेको गोलसँगै पुलिसले अग्रता ३- ० मा पुर्याएको थियो । थ्री स्टारमाथि हाबी बनेको ६ पटकको आहा रारा गोल्ड कप च्याम्पियन पुलिसका लागि ८५औं मिनेटमा सौजन राई याख्खाले गोल गर्दै टोलीका लागि ४-० को जित सुनिश्चित गरे ।

    जितसँगै पुलिसले सेमिफाइनलमा अफ्रिकन रूट एसोसिएसनसँग बिहीबार खेल्ने छ । भ्रमणकारी टोली अफ्रिकन रूट क्वार्टरफाइनलमा ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology