Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराका रमेश थापाको अमेरिकामा गोली हानी हत्या

पोखराका रमेश थापाको अमेरिकामा गोली हानी हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २६, २०७७ बिहिवार • १४:३६:५४ बजे
  • 15.6K
    SHARES
  • पोखराका रमेश थापाको अमेरिकामा गोली हानी हत्या

    पोखरा - अमेरिकामा एक नेपालीको गोली हानी हत्या गरिएको छ । अमेरिककी सहर टेक्ससमाको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको गोली हानेर हत्या गरिएको जनाइएको छ । स्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।

    images

    अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

    प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यहीँ मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाइएको छ ।

    पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पृष्ठभूमिमा यो हत्या भएको हो । त्यहाँस्थित नेपाली राजदूतावासले पनि एसियाली माथिको आक्रमण रोक्नका लागि आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # गोली हानी हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology