तस्वीर : बस बहादुर शेर्पा (बसन्त)
पोखरा - नेपाल पुलिसको चुनौतीलाई पन्छाउँदै अफ्रिकन रुट्स एशोसियसन क्यामरुन १९औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा पुलिसलाई २–० गोलले पराजित गर्दै अफ्रिकन रुट्स उपाधि नजिक पुगेको हो।
अफ्रिकन रुट्सका लागि बसेक र मौसाले एक–एक गोल गरे। खेलको तेस्रो मिनेटमा बासेकको गोलबाट अफ्रिकन टोलीले अग्रता लिएको थियो। त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २–० को जित दिलाएका हुन्।
खेलको म्यान अफ दि म्याच मौसा चुनिए। पहिलो पटक सहभागिता जनाएको अफ्रिकन फाइनल पुगेको हो। सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ। उपाधिको लागि अफ्रिकन रुट्सले शनिबार संकटासँग प्रतिस्पर्धा गर्नेछ।