म्याग्देली गायिका अमृता श्रीपालको मौलिक गीति एल्बम 'मदानिमा नेती' भिडियो सहित बजारमा आएको छ । नेपाली समाजमा हराउँदै गएको मौलिकतालाई गीतमा प्रस्तुत गरिएको छ ।
उक्त गीतमा लोकप्रिय गायक विक्रम परियार र अमृता श्रीपालको सुमधुर आवाज रहेको छ । गीतमा शब्द शरद पाण्डेले कोरेका छन् भने गीतको म्युजिक गायक परियार कै रहेको छ ।
उक्त गीतको भिडियो प्रवीन थापाले निर्देशित गरेका छन् । राजेश घिमिरेले छायाङ्कन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रबिना भण्डारीको उत्कृष्ट नृत्य देख्न सकिन्छ । उक्त गीतको भिडियो Baba Entertainment Tv युट्युब च्यानलबाट बजारमा आएको छ ।