Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मलेसियामा जेल जीवन बिताई सजाय काटेर २४ जना नेपाली स्वदेश फर्किए

मलेसियामा जेल जीवन बिताई सजाय काटेर २४ जना नेपाली स्वदेश फर्किए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १०:५१:१६ बजे
  • 1.5K
    SHARES
  • मलेसियामा जेल जीवन बिताई सजाय काटेर २४ जना नेपाली स्वदेश फर्किए

    दोहा- मलेसियामा जेल जीवन बिताई सजाय काटेर २४ जना नेपाली स्वदेश फर्किएका छन्। मलेसियाको कानुन उलंघन गरेको आरोपमा पक्राउ परेका उनीहरू जेल सजाय कटाएर स्वदेश फर्किएका हुन् । जोहोरबारुस्थित घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइएको नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढ थापाले जानकारी दिए ।

    images

    उनीहरुलाई दूतावासको पहलमा आप्रवासी श्रमिकहरुको हकहितमा काम गर्ने संस्था इंटरनेशनल अर्गनाइजेशन फर माइग्रेसनले हवाई टिकट उपलब्ध गराएको थियो भने कोरोना परीक्षण मलेसिया सरकारले नै निशुल्क रुपमा गरिदिएको थियो ।

    दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयारी गरी हिमालयन एयरलाइन्सको क्वालालम्पुर काठमाडौँ उडान मार्फत स्वदेश फर्काउन सफल भएको सचिव थापाले बताए ।

    मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

    हामी जुन देशमा छौ त्यो देशको कानुनको पालना गर्नु पर्ने र पालना नगरेको खण्डमा सजाय भोग्न तयार हुनुपर्ने दूतावासले जनाएको छ । साथै कुनै पनि कानुनको उलङ्घन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ ।

    यसघि पनि दूतावासले जेल सजाय कटाएर घरफ्रिति केन्द्रमा रहेका १३६ जनालाई नेपाल फर्काइएको थियो । पछिल्लो समय मलेसियामा पनि कोरोना महामारी बढेको करण स्वदेश फर्काउन थप समस्या भएको दूतावासको भनाइ छ ।

    मलेसिया बैधानिक तथा अबैधानिक गरि ३ लाख ५० हजार नेपाली कार्यरत रहेको दूतावासले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली स्वदेश फर्किए
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology