Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ललितपुर मेयर वुमन्स च्याम्पियनसीप टि २० क्रिकेट : एपिएफले चुम्यो उपाधी

ललितपुर मेयर वुमन्स च्याम्पियनसीप टि २० क्रिकेट : एपिएफले चुम्यो उपाधी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १७:५४:२९ बजे
  • 1.3K
    SHARES
  • ललितपुर मेयर वुमन्स च्याम्पियनसीप टि २० क्रिकेट : एपिएफले चुम्यो उपाधी

    सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसीप-२०७७ टि २० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ।शनिबार टियु मैदानमा भएको  फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ उपाधि चुम्न सफल भएको हो।

    images

    एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ३८ बलमा ५ चौकासहित ३६ रनको योगदान दिइन्। कप्तान सीता राना मगर ३२ बलमा ४ चौकासहित २७ रनमा आउट भइन्। टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन सीमित भयो। एपिएफले १६।२ ओभरमा २ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गर्यो।

    क्लबलाई जित दिलाउन उनको ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी कप्तान सीता राना मगर, ललितपुर मेयर वुमन्स च्याम्पियनसिप २०७७ टि २० क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्।

    प्रदेश-१ की कप्तान रुविना क्षेत्री बेलबासे प्रतियोगिताकी सर्वोत्कृष्ट ब्याट्सम्यान बन्न सफल भइन्।यसैगरी, एपिएफकी बिनु बुढामगरले सर्वोकृष्ट बलरको उपाधि पाइन्। रुविनाले र बिनुले १५-१५ हजार प्राप्त गरे। च्याम्पियन एपिएफले ३ लाख र उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार प्राप्त गरेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology