पाल्पा - पाल्पामा कोरोना सक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणपछि उपचारको लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना भएकी तानसेन नगरपालिका वडा नंं ३ की ७२ वर्षिय महिलाको सनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
मृतक महिला पाल्पास्थित विद्यालयकी पूर्व प्रधानाध्यापक समेत हुन्।
घरमै आराम गरेकी उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो।
उनको शनिबार बेलुका निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए। यो सँगै पाल्पामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३८ पुगेको छ।