Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३१, २०७७ मंगलवार • १५:१७:३० बजे
  • 1.3K
    SHARES
  • काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

    images

    यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

    अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

    १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने उनले बताए ।

    स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भने, उपत्यकाका मात्र ७८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।

    उनका अनुसार यसबारे कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर औपचारिक निर्णय हुन बाँकी छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology