Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमण

दैनिक ११ हजार संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

दैनिक ११ हजार संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

चैत्र ३१, २०७७ मंगलवार • १५:२४:४६ बजे
  • 1.4K
    SHARES
  • दैनिक ११ हजार संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण जेठ असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।

    images

    जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो उनले भने, त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।

    अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको उनले बताए ।

    उनका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताए ।

    काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राख्न भनिएको भन्दै स्वास्थ्यमन्त्री त्रिपाठीले भने, हाम्रो प्रयत्न मुलुकलाई फेरि बन्दाबन्दीमा पुग्न नदिने हो ।

     

    प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology